शीर्षकहरू

विदेशमा रहेका र असक्त नागरिकले बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

विदेशमा रहेका र असक्त नागरिकले बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । विदेशमा बसोबास गर्ने नागरिकले राष्ट्रिय परिचय पत्र नभएपनि बैंक खाता खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ लाई शंसोधन गर्दै विदेशमा रहेका नागरिकलाई बैंक खाता खोल्न परिचयपत्र नचाहिने व्यवस्था गरेको हो । 

तर, उक्त विदेशमा रहेका नागरिकले नेपाल आएको ३५ दिनभित्र बैंकमा राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।साथै आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने निर्देशनमा उल्लेख छ । 

राष्ट्र बैंकले गत माघदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । यसले गर्दा विदेशमा बसोबास गर्ने नेपालीले आफुहरुलाई अप्ठ्यारो परेको गुनासो गर्दै आएका थिए ।

उनीहरुको उक्त गुनासोलाई सम्बोधन गर्दै नेपाल फर्केपछि परिचयपत्र नम्बर बैंकमा अद्यावधिक गराउनुपर्ने सर्तसहित नेपाल नफर्किएको अवधिसम्मका लागि पारिचयपत्र विनानै बैंक खाता खोल्ने वातावरण राष्ट्र बैंकले बनाईदिएको हो । 

यस्तै, असहाय तथा असक्त नागरिकलाई परिचयपत्र बनाउँन झण्डटिलो हुने भएकाले उनीहरुलाई पनि परिचयपत्र विनानै बैंक खाताको सुविधान दिएको राष्ट्र बैंकले जनाएको छ ।