काठमाडौं । आज बिहिबार सुनको भाउ हालसम्मकै महँगो भएको छ । एकैदिन तोलामा ५ हजार ७ सयले बढेर सुनको मूल्य नयाँ उचाईमा पुगेको हो ।
हिजो बुधबार तोलाको एक लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको भाउ आज एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको ६५ रूपैयाँले वृद्धि भएर तोलाको एक हजार ९ सय रुपैयाँ पुगेको छ ।