काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ। यो चाडपर्वलाई थप रोमाञ्चक बनाउन कम्पनीले आफ्ना सबै मोडेलहरूमा १० हजार रुपैयाँ नगद छुट घोषणा गरेको जनाएको छ।
कम्पनीका अनुसार याडिया जी६को मूल्य २ लाख ६० हजार रुपैयाँ रहेकोमा नयाँ वर्ष २ लाख ५० हजारमा नै खरिद गर्न सकिने छ । यसैगरी याडिया ई८एस ईपोचको मूल्य २ लाख ३५ हजार रुपैयाँ रहेकोमा नयाँ वर्षको अवसरमा २ लाख २५ हजार रुपैयाँ रहेको कायम गरिएको छ ।
यसैगरी, याडिया एम६एलको मूल्य १ लाख ७५ हजार रहेकोमा नयाँ वर्षको अवसरमा १ लाख ६५ हजार कायम गरिएको छ ।
याडिया स्कुटरहरू आधुनिक डिजाइन, बलियो प्रदर्शन र वातावरणमैत्री प्रविधिको लागि परिचित छन्—जुन आजको शहरी यात्रुका लागि उत्तम रोजाइ बन्न पुगेका छन्।
'नयाँ वर्षको यस विशेष अवसरमा हामी आफ्ना मूल्यवान ग्राहकहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,' कुजु नेपालका प्रवक्ता उम्मीद श्रेष्ठले बताए। “यो सीमित अवधिको अफरको फाइदा उठाउन हामी सबैलाई नजिकको याडिया शोरूम वा डिलर नेटवर्कमा सम्पर्क गर्न आमन्त्रण गर्दछौं।'
यो अफर सीमित अवधिको लागि मात्र मान्य हुनेछ ।