काठमाडौं । दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे।
चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने छ।
एक्सचेन्ज अफरहरू
● कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर,
● कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५० हजार रूपैयाँको मिनिमम भ्यालुएसन,
● अन्य कुनै पनि ब्रान्डमा २५ हजार रूपैयाँ न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),
● एक्सचेन्जमा अतिरिक्त १० हजार मूल्याङ्कन बोनस,
● कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७।९९५ को फाइनान्सिंग,
● यामाहा थ्रिल अफ थ्री योजनाको साथ १ लाखसम्म नगद छुट ।
बाइक बाहेकका आकर्षणहरू
डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका रहेकाे छ भने कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गरेर रोमाञ्चक उपहारहरू पाइने कम्पनीले जनाएकाे छ । यसका साथै फ्री एक्सेसरिजकाे सुविधा पनि रहेकाे छ ।
अन्य सुविधाहरू
प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरु प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid (ARAI प्रमाणित ७१.३३ किमि / लिटर) प्रमुख आकर्षण हो । त्यससँगै R15 V4, MT-15 V2, Aerox 155, FZ V3 Series, र WR155R जस्ता मोडेलहरु पनि प्रदर्शनीमा राखिएका छन्, जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्छन् ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई पाङ्ग्रे ब्रान्डहरु मध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ । यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ ।