शीर्षकहरू

आजको मौसम : देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना

आजको मौसम : देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । 

जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

विभागका अनुसार आज देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको र विशेषगरी पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ । 

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती भने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।