काठमाडौं । दुर्गा प्रसाईंसँगै आज पक्राउ परेका छन् । प्रसाईँ र उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका हुन । झापाको भद्रपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु दुवै जनालाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने छ ।
केही सञ्चार माध्यमहरुमा प्रसाईं हिजो नै भारतबाट पक्राउ परेको भन्ने समाचार संप्रेशण भएको थियो । उक्त समचारहरु भ्रामक भएको बताउँदै प्रहरीले विज्ञप्ति नै जारी गरेको थियो ।