शीर्षकहरू

चारदेशीय टी-२०आई सिरिज : नेपाल र हङकङ भिड्दै, फाइनल पुग्न जित्नै पर्ने दबाब

चारदेशीय टी-२०आई सिरिज : नेपाल र हङकङ भिड्दै, फाइनल पुग्न जित्नै पर्ने दबाब

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । फाइनल पुग्नको लागि यो खेल जित्नैपर्ने दबाबमा नेपाल रहेको छ , 

खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । यता, हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो । 

३ खेलमा २ खेल जितेको कुवेत रन रेटको आधारमा शिर्ष स्थानमा रहेको छ । कुवेतको ४ अंक छ । कुवेतले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । दुवै खेलमा दुवै खेल जितेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । दुई खेलमा एक खेलमा पराजित र एक खेलमा विजयी हासिल गरेको हङकङ २ अंकसहित तेस्रो स्थानमा रहेको छ । तीनै खेलमा हार बेहोरेको कतार शून्य अंकसहित तालिकाको पुछारमा छ । नेपाल र हङकङबीचको खेलमा जसले जित्छ त्यही टीम फाइनलमा पुग्नेछ । 

null