काठमाडौं । नेपाल चार देशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । मिसन रोड मैदमामा शनिबार हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहेर उपाधि नजिक पुगेको हो ।
हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको अवस्थानमा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि दुवै टोली अंक बाँड्न बाध्य बने ।
यो नजितासँगै नेपालले तीन खेलमा पाँच अंक जोड्यो । समान खेलबाट तीन अंक जोडेको हङकङ तेस्रो स्थानमा रह्यो । नेपालले उपाधिका लागि कुवेतको सामना गर्नेछ । कुवेत तीन खेलबाट चार अंकका साथ उपविजेताका रूपमा फाइनलमा पुग्यो ।
नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै उपाधिका लागि कुवेतसँग प्रतिष्पर्धा हुनेछ। आजै भएको खेलमा कुवेतले कतारमाथि फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो। फाइनल खेल नेपाली समय अनुसार आइतबार विहान ११:१५ बजे हुनेछ ।
प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन्।