काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार ४४० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ३ प्रतिशत बोनस शेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि किनबेच गर्न मिल्नेछ ।