काठमाडौँ । नेको इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार चैत्र ३१ गते हकप्रद बाँडफाँड गरिएको हो ।
कम्पनीले फागुन ८ गतेदेखि चैत्र १४ गतेसम्म १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।
क्यापिटलका अनुसार यस निष्काशनमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४८ लाख ५ हजार ६ सय ४० दशमलव २० कित्ता हकप्रद बाँडफाँड गरिएको छ। यस संगै अब हकप्रदमा बिक्री नभएको २ लाख २५ हजार २ सय ६१ दशमलव ३५ कित्ता शेयर लिलाममा आउने छ।
कम्पनीले हकप्रदमा नपरेको पैसा वैशाख ३ गतेदेखि फिर्ता गर्ने जनाएको छ। नेपाल धितोपत्र बोर्डले पुस ९ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो ।