जाजरकोट । पश्चिम नेपालको जाजरकोटमा मंगलबार पनि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ४ बजेर ५३ मिनेटमा कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा आतङ्कित भएका छन् ।