काठमाडौं । गत आइतबार प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएर नयाँ रकेर्ड बनाएको सुनको भाउ मंगलबार भने घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदा परेकाले नयाँ भाउ तोकिएको थिएन् ।
महासंघका अनुसार एक वर्ष (२०८० चैत ३० देखि २०८१ चैत २१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो ।
यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको भाउ तोलाको १९ सय ६० रुपैयाँ कायम रहेको थियो ।