शीर्षकहरू

प्रधानमन्त्रीका वेड रुमसम्म विचौलिया पुग्ने गरेका छन् : गगन थापा

प्रधानमन्त्रीका वेड रुमसम्म विचौलिया पुग्ने गरेका छन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा विभिन्न नामका विचौलिया प्रधानमन्त्रीका वेडरुपमा पूग्ने गरेको बताएका छन् । मंगलबार  काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

उनले भने,‘ नेपालमा पछिल्लो पटक हरेक प्रधानमन्त्रीहरुका वेडरुममा विचौलियाहरु पुग्ने गरेकाले विभिन्न नियुक्तीहरु प्रभावित हुने गरेका छन् । यहा राष्ट्र बैंकको गभर्नर नियुक्ती होस वा बीमा प्राधिकरणको अध्यक्ष नियुक्ती यसमा विचौलिया हावी भएका छन् ।’  

त्यस्तै उनले २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेको परिणामहरुको व्यवस्थापन गर्दै दश वर्ष वितेको बताए । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको उनको भनाई छ । 

उनले भने,‘यो २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेका जतिपनि परिणामहरु रहे त्यसको व्यवस्थापन गर्दै दश वर्ष वित्यो । अब दौडने बेला भयो । संविधान पनि बन्यो सिस्टम पनि बन्यो । त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि चाँही धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ ।’ 

त्यस्तै उनले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यही मिसिन भने नगएको दाबी गरे ।  उनले भने,‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ । ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । त्यसकै अंग बन्न गएकै होइन ।’ देशमा कंकटको गतिकामा काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा बढेको भन्र्दै उनले सरकारले अपेक्षित गति पकड्न नसकेको टिप्पणी गरे ।