शीर्षकहरू

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, मट्टीतेल र डिजलको घटाइएको हो । निगमका अनुसार पेट्रोल ३ रुपैयाँ, मट्टीतेल र डिजल ३ रुपैयाँले घटाएको छ ।  यो मूल्य आज राती १२ बजेपछि देखि लागू हुने निगमले जनाएको छ ।

साविकको मूल्यमा  प्रति लिटर पेट्रलसहित मटीतेल र डिजेलम ३ रुपैयाँ घटाइएको कार्यकारी निर्देशक चण्डिकाभट्टले जानकारी दिए । ”पेट्रोलियम पदार्थ खरिद गर्दा नयॅा कायम गरिएको मुल्य अनुसार चेक गरि भुक्तानी गर्नुहुन समेत सम्पुर्ण उपभोक्ता वर्गमा अनुरोघ गरिन्छ,” उनले भने ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

 इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

null