शीर्षकहरू

यु-१९ विश्वकप एशिया छनोट : नेपाल र हङकङ भिड्दै

यु-१९ विश्वकप एशिया छनोट : नेपाल र हङकङ भिड्दै

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एशिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेदेखि  शुरू हुनेछ ।

नेपालले खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा युएईमाथि जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । पहिलो खेलमा युएईलाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। आजको खेल पनि जित्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिनेछ । 

प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ र अफगानिस्तान छन्। यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।