शीर्षकहरू

वीरगञ्ज पुन अशान्त, आसपासमा पनि प्रर्दशन

वीरगञ्ज पुन अशान्त, आसपासमा पनि प्रर्दशन

वीरगञ्ज । हनुमान जयन्तीमा भएको घटनालाई लिएर केही हिन्दुवादी युवाहरू प्रहरीले पक्राउ गरेपछि वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शन शुरु भएको छ । बुधबार बिहान देखि हिन्दुवादी युवाहरु वीरगञ्जको घाण्टाघर, माईस्थान, श्रीपुर, प्रतिमा चोक र परवानीपुर बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । “हिन्दूमाथि अन्याय बन्द गर” र “समान व्यवहार गर” ‘दोसीलाइ कारवाहि गर ’जस्ता नारासहित उनीहरूले हिन्दू समुदाय माथि प्रहरीले गरेको कारवाही गलत भएको अरोप लगाएका छन ।

 हनुमान ज्यन्तीको शोभायात्रामा ढुंगा प्रहार गर्नेहरूलाई उन्मुक्ति दिइएको र उल्टै हिन्दू युवाहरूलाई पक्राउ गरिएको भन्दै घटनाको निष्पक्ष छानबिनको पुनरावलोकन गर्न प्रदर्शनकारीहरुकोे मांग  रहेको छ । वीरगञ्ज लगायत आसपासका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  जिल्ला प्रहरी कार्यालय पर्साबाट थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । उनले घटनामा संलग्न भन्ने प्रमाणको आधारमा मात्र पक्राउ गरिएको भन्दै, धार्मिक पहिचानका आधारमा कुनैपनि कारबाही नगरिएको स्पष्ट पारे ।

मंगलबार रात उच्छृखंल गतिविधि गरेको अरोपमा तिनजनालाइ प्रहरीले पक्राउ गरेको छ ।स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा वीरगञ्जबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 मंलगबार राती जिल्ला प्रहरी कार्यालयबाट प्रहरील बलप्रयोग गर्दै धपाए पछि  घण्टाघर चोकमा बालेको टायरबाट प्रहरी माथि आक्रमण गरेको अरोपमा तिनै जनालाइ पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई मंगलबार राती ९।३० बजे वीरगञ्जको घडिअर्वाबाट  पक्राउ गरेको छ । मंगवार राती देखि वीरगञ्ज पुन तनाग्रस्त बन्न पुगेको छ ।

गत शनिवार वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा निकालीएको शोभा यात्राको क्रममा दुई धार्मिक समुदाय विच भिडन्त भएको थियो । उक्त भिडन्तमा प्रहरी उपरिक्षक सहित ४० जना घाइते भएका थिए ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर र १ सय ६५ सेल अश्रुग्यास प्रहार गरेको थियो । उक्त घटनामा संलग्न रहेका ४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

ड्रोन क्यामरा, सामाजिक सञ्जालमा देखिएको भिडियोको आधारमा पहिचान खुलेका ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वीरगञ्ज वडा नंं २ छपकैया निवासी सलाउद्दीन मियाँ ठकुराई, सोही ठाउँ बस्ने शेख खुर्सेद, बलदेव सिंह कुशवाहा र वीरगञ्ज वडा नं। १६ बस्ने रवि सरार्फ रहेको प्रहरीले जनाएको छ ।

छपकैयाका सलाउद्दीन मियाँ र शेख खुर्सेदले शोभायात्रामा सहभागी माथि ढुंगा प्रहर गरेको र रवि सरार्फ तथा बलदेव सिंह कुशवाहा मोटरसाइकल तोडफोड र विरयानी हाउस तोडफोडमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।

घटनामा संलग्न केही फरार रहेका, केहीको खोजतलाश भइरहेको र केहीको भिडियोमा देखिए अनुसार पहिचान खुल्न बाँकी रहेको प्रहरी उपरिक्षक मिश्रले जानकारी दिए । प्रहरीले पक्राउ गरेका मध्ये कुशवाहा र सर्राफलाई छोडन् हिन्दुवादीहरुले प्रहरी कार्यालय घेराउ गरेका थिए ।