काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मल्ललाई अध्यक्षमा दोहोर्याएको हो ।
यस्तै, कम्पनीको सञ्चालक समिति सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा र शान्ता गौतम चयन भएका छन् । सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङ्गे लामा चयन भएको जनाइएको छ ।
निर्जिवन बीमा व्यवसायी संघको पनि अध्यक्ष समेत रहेका मल्ल नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष पनि हुन् ।