काठमाडौं । विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड मिति तय भएको छ । आगामी आइतबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार एफपीओको प्रि-अलोटमेन्ट भइसकेको छ। कम्पनीले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा निष्काशन गरेको उक्त एफपीओमा माग भन्दा ४५५ गुणा बढीको आवेदन परेको छ ।
गत माघ ३० गते बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले कम्पनीलाई एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।