शीर्षकहरू

३७ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचकहरु

३७ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । ग्लोबल आईएमई बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३७.१२ प्रतिशतले वृद्धि भएको हो ।  

गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३० करोड खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा ४ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३१ करोड कायम भएको छ। बैंकले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट चार्ज शिर्षक अन्तर्गत छुट्याए ३ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । गत आवको तेस्रो त्रैमाससम्म ५ अर्ब २६ करोड रुपैयाँ छुट्याएको थियो । यस कारण बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो ।

बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ५४ करोड, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ भने खराब कर्जा ४.७४ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ। 

यस्तै, प्रति शेयर आम्दानी १५.८६ रुपैयाँ र प्रति शेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ।