शीर्षकहरू

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । वैशाख ७ गते आइतबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।  

क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता शेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता शेयर बाँडफाँड गरिएको हो ।    

कुल आवेदकमध्ये ५ हजार १२९ जनालाई १० कित्ताका दरले ५१ हजार २९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । भने बाँकी रहेको १.०५ कित्ता शेयर ३ जना लाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँड गरिएको  क्यापिटलले जनाएको छ ।  
संस्थाले गत चैत २१ गतेदेखि २६ गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो ।