शीर्षकहरू

महिला गोल्डकप नकआउट फुटबलको सर्वश्रेष्ठ खेलाडीको पुरस्कार इन्द्र बानियाद्वारा प्रायोजन

महिला गोल्डकप नकआउट फुटबलको सर्वश्रेष्ठ खेलाडीको पुरस्कार इन्द्र बानियाद्वारा प्रायोजन

हेटौडा । राष्ट्रिय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले पाउने स्कुटर पुरस्कार प्रायोजकको पनि टुंगो लागेको छ । महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले प्राप्त गर्ने स्कुटरको प्रायोजन नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम पूर्व गृह राज्यमन्त्री बागमती प्रदेश सभाका सांसद इन्द्रबहादुर बानियाले प्रायोजन गरेका हुन् । 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही बैशाख १९ गतेदेखि हुने उक्त खेलको पहिलो पुरस्कारको टुंगो लागेको आयोजकले जनाएको छ । सोही प्रायोजनका लागि एक कार्यक्रमको आयोजना गरि मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा र माननीय इन्द्र बहादुर बानियाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको समेत गरिएको छ ।

खेलप्रेमी अभियन्ताका रुपमा पनि सक्रिय बानियाले जिल्ला फुटबल संघको हरेक कार्यक्रममा सहयोग गर्दै आइरहेका छन् । बानियाको सहयोगले थप हौसला मिलेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए ।

महिला गोल्डकपको विजेताले उपाधिसहित नगद ५ लाख हुने छ भने उपविजेताले ३ लाख रुपैयाँ पाउने छन । प्रतियोगितामा तीन विभाीय टोलीहरुसहित कुल ८ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जानकारी दियो ।