शीर्षकहरू

नेप्सेमा एभरेष्ट बैंकको ३ अर्बको ३० लाख इकाई ऋणपत्र सूचीकृत

नेप्सेमा एभरेष्ट बैंकको ३ अर्बको ३० लाख इकाई ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ ।

एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ को ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा मंगलबारदेखि उक्त ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

१० वर्ष अवधि भएको उक्त ऋणपत्रमा वार्षिक ७.५० प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ ।