शीर्षकहरू

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सोमबार राजीनामा पत्र बुझाएकी हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् । शिक्षकका माग सम्बोधन गर्न उनले ७ बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव सहित उनले सभामुख र प्रधानमन्त्रीसँग समेत छलफल गरेकी थिइन् । निष्कर्ष ननिस्किएपछि उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।