शीर्षकहरू

७ हजारले बढ्यो सुनको भाउ, तोलाको एक लाख ९७ हजार ९ सय

७ हजारले बढ्यो सुनको भाउ, तोलाको एक लाख ९७ हजार ९ सय

काठमाडौं । आज मंगलबार सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । आज तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

हिजो सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको भाउ भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।