शीर्षकहरू

'अवैद्य कारोबार र सरकारी अतिनियमनको चेपुवाले उद्योगी व्यवसायीको मनोबल खस्किदो छ'

'अवैद्य कारोबार र सरकारी अतिनियमनको चेपुवाले उद्योगी व्यवसायीको मनोबल खस्किदो छ'

अनिल तिवारी

वीरगञ्ज ।   वीरगञ्ज उद्योग वाणिज्य संघको ४९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभावाट संघको अध्यक्षमा  हरि गौतम निर्विरोध निर्वाचित भएका छन् । आपुर्तिमन्त्रीको संजोकत्वमा २०४८सालमा गठित केन्द्रिय खाद्य व्यवस्था समितिको सदस्य, ०४९ सालमा हेटौडा कपडा उधोगको पुर्णकालीन चेयरमैन (अध्यक्ष), २०५२ सालमा बीरगञ्ज चिनी कारखानाको अध्यक्ष बनेका गौतम ०५३ साल देखि ०६० सम्म तीन पटक जनकपुर चुरोट कारखाना लिमिटेडको महाप्रबन्धक भएका थिए । 

स्टिल दराज, कार्टुन तथा चप्पल कारखानाका संचालक समेत रहेका गौतम समाजिक क्षेत्रमा मानव सेवा आश्रम अभिभावक परिवार पर्साको जिल्ला अध्यक्ष पनि रहेका थिए । बीरगञ्ज उद्योग बाणिज्य संघमा सक्रिय रहदै कार्यकारी सदस्य देखि सचिव, उपाध्यक्ष र बरिष्ट उपाध्यक्ष पछि ४९ औ साधारणसभाबाट अध्यक्ष बनेका थिए । नवनिर्वाचित संघको अध्यक्ष गौतमसंग वर्तमान आर्थिक अवस्थाबारे हाम्रा सहकर्मी अनिल तिवारीले लिएको अन्तवार्ता । 

बीरगञ्ज उद्योग बाणिज्य संघमा लगातार २० बर्षको सक्रियता पछि निर्विरोध अध्यक्ष चुनिनु भएको छ । संघका गतिविधिहरु के कसरी अघि बढिरहेका छन् ?  

बीरगञ्ज उधोग वाणिज्य संघ सबै भन्दा पुरानो एउटा अभियन्ता संस्था हो, उधोगी व्यापारीहरुको लागी एउटा अभियन्ताको रुपमा अहोरात काम गर्ने यो संस्थाको गौरवपुर्ण इतिहास छ । यसले नेपालको आर्थिक जगतमा, औधोगीक व्यवसायी जगतमा धेरै पटक,धेरै कुराहरुमा नेतृत्व गर्ने संस्थाको रुपमा पनि पहिचान बनाएको छ । चाहे  भ्याट लागु भएको बेला उधोगी व्यापारीको पक्षकमा गरिएको आन्दोलनहोस वा श्रमआन्दोलनको नै कुरागरौ । नेपालमा सुख्खा बन्दरगाह स्थापनाको कुरा बीरगञ्जका व्यापारीले सुरुमा उठाउदा धेरै आश्चर्य चकित भएका थिए । अर्थात मुलुकमा सुख्खा बन्दारगाह देखि  बीरगञ्जको अलौमा स्थापना भएको संयुक्त भन्सार क्षेत्र (आइसिपि)  स्थापना गर्नुपर्नेमा वीरगन्ज उधोग वाणिज्य संघले सबै क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यसले के गर्दै छ ?  सबैको ध्यानाकर्षण भइरहेको हुन्छ, सबैले आँखा लगाएका हुन्छन । त्यो संस्थामा भाग्यबस म नेतृत्वमा आएको छु ,केहि चुनौति छन ,यसको आफ्नै खालको गौरवपुर्ण इतिहास छ । जसलाइ पुन:ताजगीमा ल्याउनु छ । विविध कारणहरुले केहि कमि कमजोरीहरु आएको गुनासा छन । यसका सवै सेक्टर ‘उधोगका–व्यापार’ र समाजिकक्षेत्र लगायत सवै तिर पुनरताजगी गर्नुपर्ने म लगायत पुरै कार्यसमितिको कोसिस हुन्छ ।

नेपालकै सबै भन्दा पुरानो इतिहास बनाएको बीरगन्ज उद्योग वाणिज्य संघ केहि ठुला घरानियाको कब्जामा गयो, संघ भन्दा पनि यो माडवारी क्लब भयो,नयां सदस्यतामा बन्देज जस्तै छ । अर्थात संघ समाजवाट टाढिदै गएको आरोप लागीरहेको छ ,यसबारेमा तपाईको भनाइ के छ ?

तपाइले उठाएका सवै कुरा साच्चो हो । संघको अफ्नो गौरवपुर्णकालको इतिहास हो त्यसमा केहि न कहि कमि भएको छ ,त्यसलाई फर्काउनु छ । हामीले ठुला उधोगीहरुलाई मानु छ ,सानाउधोगी व्यवसायीहरुलाई साथमा लिनु छ ,समाजको समाजिक कार्यमा बाध्नु छ ।

स्थानिय सरकार र प्रशासनसंग हाम्रो सम्बन्ध सुदृढ बनाउनु छ र उधोगी व्यवसायीको हकमा निडर भएर सहि कुराको लागी लडनु छ । तपाईले भनेको कुरामा संघको गति केहि न केहि ‘स्लो’ भएकै हो ।वीरगन्ज उधोग वाणिज्य संघको अहिलेको टिम असाधै राम्रो छ । हामी यहि कुरा छलफल गरिरहेको छौ । संघलाई पुरानो अवस्थामा जसरी पनि ल्याउनु छ । पुरानो गौरवको रुपमा फर्काउनु  छ । हामी त्यो गरेर देखाउछौ ।

दोश्रो कुरा के भने, हाम्रो सरंचना विधानमा पनि परिवर्तन गर्नुपर्ने अवस्था छ । विधानमा पनि केहि न केहि संशोधनको गरेर फराकिलो बनाउनु पर्ने आवश्यकता छ । तर अर्को कुरा के छ भने चुनावी विकृति विसंगतीबाट पनि बचाउनु पर्छ ,जस्तै हामी भन्दा धेरै सानो उधोग वाणिज्य संघको रुपमा रहेको महोतरीको संघको चुनावमा करोडौ खर्च गरेर जित्ने अथवा देखियो । के सांसदको  चुनाव हो ।कतिपय संघमा अस्वस्थ प्रतिपर्धा बसेको छ । वीरगन्ज उधोग वाणिज्य संघ त्यसता बिकृतिबाट बचेको छ । विस्तारै अनुभव दिलाउदै दिलाउदै योग्यता र अनुभव अनुसार पदमा बसेको काम गर्ने र सदस्य,सचिव,उपाध्यक्ष ,वरिष्ट उपाध्यक्ष क्रमश माथि आएपछि हामी अध्यक्ष बन्छौ ,बनाउछौ ।

बीरगञ्ज उधोगवाणिज्य संघको सदस्यतामा केहि घरानियाको पकड छ ,त्यसमा ध्यान पुर्याउनु पर्दछ,सदस्यतालाई फुकुलो बनाएर  प्रवेश निस्कने कुरामा संशोधन गरेर सदस्याता बनाइयो भने,उधोग वाणिज्य संघ यो भन्दा राम्रो बनाउन सकिन्छ ,हामी त्यो कुरा बुझेका छौ, सुधारको लागी प्रयासरत छौ ।

वीरगन्ज उधोग बाणिज्य संघ ठुलो उधोगी व्यापारीको मात्र सहयोगी संस्था हो, ठुला उधोगीको लागी भन्सार र करको पक्षमा नितिगत लबिंग मात्र गर्छ । साना ब्यापारी खास गरेर खुद्रा ब्यापारीको हक हितमा अवाज उठाउदैन ,पुलीस प्रशासन र राजश्वको छापा पर्दा बीरगञ्ज उधोग  बाणिज्य संघ पदाधिकारी सहयोग गर्दैनन भन्ने गुनासो छ नि ?

अहिलेको वास्तविक अवस्था केछ भने ,ठुला उधोगपतिहरु पनि संघ हाम्रो भन्न हिचकिचाउन थाल्यो । हामी गर्नुपर्ने अवस्था के भने ,बीरगञ्ज ठुलो बाणिज्य संघ हाम्रो हो बनाउनुका साथै  साना उधोगी ब्यापारीहरुलाई संघमा ल्याउनु पर्ने चुनौति छ । तपाईले छापाको कुरा गर्नुभयो, छापा पनि दुइ प्रकारको हुन्छ ।विरगन्ज उधोग वाणिज्य संघ एउटा यस्तो संस्था हो जुन कुनै पनि अवैद्य कारोवारलाई प्रोत्साहन गर्दैन,कसैको अवैद्य माल समान हामी छुटाउन जाँदैनौ ।

तर साना उधोगी ब्यापारीले गरेको वैद्य कारोवारमा लागेको छापाको कुरा गर्नुस,कर लगायत समस्याको कुरा गर्नुस, प्रहरी प्रशासनको कुरा गर्नुस ,यति गलत नियतले उधोगी व्यापारिलाई दुख दिने काम गरिन्छ भने ,हामी उनीहरुको सबै उचित सहयोगको पक्षमा छौ ।सबै सुख दुख को साथमा बीरगञ्ज उधोग बाणिज्य संघ नेतृत्व रहने छ । 

अब यति हेर्नुहोला हामी तुरुन्तै साना उधोगीहरुलाई बलाएर छलफल गर्दैछौ । तर ठुला उधोगीहरुको पनि हामीलाई  साथ चाहिन्छ ,वहाँहरु संघको पिलर हो ।

उमेरले तपाई बृद्ध भएपनि ,कामकार्यवाहिले तपाई जोहिलो र स्पष्ट वक्ता हुनु हुन्छ ।बीरगञ्ज उधोग बाणिज्य संघ स्वागत,सम्मान बिदाइमै समय बिताउने गर्दछ ।संघको नेतृत्व घुस,भ्रष्ट्राचार एवम राजश्व कर्मचारीको बिरोध भन्दा पनि ‘जिओ और जिने दो’ को फर्मुलामा चल्दै आएको छ नि ?  

यसका दुइटा कुरा छ । जिल्लामा आउने अधिकारीहरुको स्वागत सम्मानको कुरा गर्नु भयो । जिल्लामा आउने सिडियो ,एसपी अथवा राजश्वका प्रमुखहरुलाई स्वागत सम्मान गर्नैपर्छ वहाँहरुसंग संघको सम्बन्ध भएन भने कसरी काम गर्ने ? संघका सबै पदाधिकारीसंग चिनजान हुनु पर्यो त्यसको औपचारिक कुरा भनेकै वहाँहरुको स्वागत गर्ने हो । अनुभवन साटासाट गर्ने हो ।

तर आलोचना के भयो भने, संघले त्यो काम बढि गर्यो ,अरु केहि काम  गरेन भने हो । तर स्वागत ,सम्मान र बिदाइ पनि उधोग वाणिज्य संघले गर्नुपर्दछ । आउनेसंग काम गर्नु छ । जाने ठुलो पदमा गएको बेला बीरगञ्जलाई सहानुभुति चाँहिन्छ नि । वीरगन्जबाट गएका अधिकाँंस एसपी आइजिपी हुनभएको छ ,यहाँवाट गएका कतिपय गृह,अर्थ लगायत मुख्य सचिव समेत हुनु भएको छ । त्यसकारण विदाइ पनि गर्नुपर्दछ । त्यो कुरामा आलोचना गर्नु हुदैन ।

तपाइको मिडियाको माध्यमबाट म के प्रतिबद्धता व्यक्तगर्नु चहन्छु भने,गलत कुराको वीउवासंघ ‘प्लिट’ गर्दैन ,तर सहिकाम गर्नेलाई हामी सधै सरंक्षण गर्छाै  ।,मैले खरोबोल्ने कुरा अर्थात  जहाँसम्म घुसको बिरोधको कुरा गर्नुभयो ,मैले गरेकै हो,असाधै घुस खाने एकजना तेजनारायण यादव राजश्व अनुशन्धान कार्यालय पथलैयामा प्रमुख भएर आएका थिए ।उनको बिषयमा तत्कालीन उधोगमन्त्री,भंसारका तिनटा हाकिम,सिडिया,सशस्त्र जनपथका दुइटा हाकिम सबै भएको भएको ठाउमा तपाइ घुस्याहा हो,व्यापारीलाई आनावश्यक दुखदिनु भयो,कार्यक्षेत्रबाट बाहिर जानु भयो भन्दै सार्वजनिक बिरोध गरेपछि ,त्यसको दुइ दिनका उनको सरुवा गराएकै ।

मैले त्यो किन गरेको हो भने, हामी गलत थिएनौ । मेरो उधोगपतिहरु-ब्यवसायीलाई सरंक्षणका लागी ,त्यो गलत काम होइन । सबैले सहि काम गर्यो भने,बिरोध हुदैन,उनले सहि काम गरेको भए,म बिरोध गर्नुपर्ने आवश्यकता थिएन । सहि काम गर्ने कर्मचारीलाई हामी सम्मान गर्छौ, धन्यबादगर्छौ ,माथि पनि पक्षमा कुरा गर्छौ ,तर राम्रो काम गर्यो भने !

तर म ‘जिओ और जिने दो’ सिद्धान्तमा हिजो पनि थिइन,आज पनि छैन,भोली पनि हुन्न ।म कार्यालय प्रमुखहरुलाई ,यहाँको ब्यूरोक्रेसिलाई , राजनैतिक नेतृत्वलाई असाध्यै सम्मान गर्छु, ।गतल गर्यो भन्ने देखि गलत गर्नुहुदैन ,त्यसको बिरोधमा ‘एडभोकेसि’ गर्छु । मेरो उधोगपति, खुद्ररा व्यवसायीले देखिने गरी काम गरेर देखाउछु ।

राजाबादीको आन्दोलनले मुलुकमा फेरी अस्थिरता आउने हो कि ? अर्को तर्फ दुर्गा प्रसाइले माडवारीलाई लखेटनु पर्छ भने सार्वजनिक रुपमा भन्दै हिडेका छन, उधोगी ब्यापारी कति त्रसित छन ?

राजावादीको आन्दोलन केहि हुदै होइन । राजा ठीक भएको भए ,जनता धपाउथे ,राजा फटाहा भएकोले हामी हटाएका हौ ,राजा आउनु पश्चगमनको कुरा हो । राजावादी आन्दोलन किन आयोभने नेताले मुलुकमा सुशासन दिन सकेनन । रोजगारी दिन नसकिएकोले युवामा व्यवस्था र नेता प्रतिमाया मरेको हो जसले बितृष्णा बढाएको छ ।

बाँकी रहयो माडवारीको कुरा एउटा कुनै बर्गले वा कुनै फटहाले कुनै अर्को बर्गकोबारेमा विद्वेष फैलाउनु,घृणा फैलाउनु हुदैन । देशको अर्थतन्त्र जलेचलाएछ ,उसैको बिरोधले मुलुकको हित हुदैन । माडवारीले गलत गरेको छ, अथवा हरिगौतमले गलत गरेको छ ,भने नियमन गर । नियमपुर्वक नियमन गर्नुपर्दछ,गलत गर्नेलाई राज्यको कानुन मान्न लगाउनु पर्छ । तर कुनै अर्को उदेश्य अदुश्य वा स्वार्थपुतीको लागी घृणा फैलाउनु गलत हो । राजावादीको आन्दोलन केहि पनि होइन ,केहि गर्दैन । गर्ने भनेको ,आर्थिक अवस्था सुधार भएन भने जुन अहिले सम्वेदनशिल अवस्था छ ।मुलुकमा आर्थिक अराजकता ल्याउछ । त्यो आर्थिक अराजकता ‘तर्पाइ–हामी’ चाहेर रोकन सक्दैनौ । यी राजनैतिक दल अहिले सचेत भएनन भने, पछि चाहरे पनि रोकन सक्दैनन । त्यो आर्थिक अराजकता नेताहरुको बिरोधमा जान्छ, त्यसमा नेता,उधोगी-ब्यापारी,पत्रकार ,कर्मचारी सबै पर्छन । त्यो हामी चाहिरहेका छैनौ । त्यो अवस्था आयो भने भ्यावह हुन्छ । त्यसैले हामि के चान्छौ भने,सरकार उधोग व्यापारको वातावरण देओस,मुलुकमा सुशासनहोस कुनै वर्गलाई गाली नगरियोस ।

मुलुकको आर्थिक अवस्था तरल छ,आन्तरिक ऋण बढदै गएको छ, मुलुककै आर्थिक राजधानीको रुपमा रहेको बीरगञ्जले सबै भन्दा बढी राजश्व वीरगन्ज तिर्ने गरेको छ , बजेट आउदै छ । सरकारसंग वीरगन्ज उधोग वाणिज्य संघको सुझाव र अपेक्षा के छ ?

राजश्व परामर्श समितीसंग हाम्रो छलफल भएको छ । हामिले केहि सुझाव दिएका छै ।मुलुक  अहिले असाध्यै अपठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । तपाईले, मैले  देखे जस्तो अवस्था छैन ,राजनैतिरुपमा होइन आर्थिक अवस्थामा बाहिर जस्तो छैन । 

म के भन्न चाहन्छु ,राजनैतिक रुपमा सविधान संशोधन गर्छु भन्दैमा एक बर्ष गयो नि ।आर्थिक रुपमा त्यसतो भन्दैमा जाने अथवा चलने अवस्था छैन । वीरगन्ज उधोग वाणिज्य संघको समस्या भन्दा पनि त्यहि हो र राज्यको अहिलेको समस्या पनि उस्तै हो । लक्ष्य अनुसारको राजश्व उठेको छैन ।

उधोगी व्यवसायी  हाथ बाधेर बसेका छन । किन भने,उनीहरुको मनोबल उच्च छैन ।सरकार र सरकारी निकायद्धरा असाध्यै बढी नियन्त्रण भयो, उधोग व्यवसायको असाध्यै बढी  अनुगमण भयो । जसले बैद्य कारोवार गर्नेहरुको दुख बढाएको छ ।यस्तो भयभित अवस्थामा उधोग व्यवसाय फष्टाउदैन ।

त्यसको ठिक बिपरित,अबैद्य कारोवारको विगविगी छ । सरकारबाट नै अबैद्य कारोवार,तस्करीलाई जान वा नजानी प्रोत्साहन गर्ने गरिएको छ । कसरी भन्नु हुन्छ ?भने सरकारलाई पैसा चाहियो भन्सार बढाइ दिन्छ ,बस्तुुभाव ह्वातै बढस ,जसले गर्दा तस्करी बढेको बढ्एै छ । यति ठुलो खुला सिमानामा कस्ले तस्करी नियन्त्रण गर्नसक्छ  । मोटामोटी १७ सय किलोमिटरको नेपाल– भारत खुला सिमान क्षेत्रमा अवैद्य कारोवारको सम्राज्य खडा भएको छ ।

भन्सारको राजश्व उठेको छैन ,किनकि राजश्व असुलीकोलक्ष्य हचुवाको भरमा निर्धारण गरिएको छ । गतबर्षमा  १६ अर्बको राजश्वलक्ष्य थियो ,अहिले १९ अर्ब ६५ करोडको राखेको छ । गतवर्ष भन्दा चालु आर्थिक बर्षमा ३० प्रतिशत लक्ष्यबढाएको छ । तर मुलुकमा के बढेको छ,उधोग लगाडि  बढेको छ ,ब्यवसाइमा छापा आर्तक  त्यसतै छ, मान्छेको क्रयशक्तिमा खासै परिवर्तन छैन । सबै भन्दा बढि राजश्व आउने गाडि र पेट्रालबाट उठने राजश्व पनि बिधुतीय गाडि (इभि)ले गर्दा ह्वातै घटेको छ ।

राज्यलाई चालुखर्च बढि गर्नु छ । कर्मचारीको तलब दिनै पर्यो पेन्सरन दिनै पर्छ । समाजिक भत्तालाई व्यवस्थापन गर्न सकिएको छैन । चार वटा गाडि,घर भएका हामि जस्ता करोड पतिलाई वृद्ध भत्ता किन चहियो ? कर्मचारी ,प्रहरी सेना लगायतको संख्या,उमेरको हद लगायत कुरालाई सरकारले मिलाउनु सकेको छैन ।

संघीय सरकार आएपछि जनप्रतिनिधि लगायतको तलब भत्तामा खर्च बढेको छ । जसले गर्दा बजेटघाटा क्रमश बढदै गएको छ ।अर्को तर्फ बिदेशी सहायता हुवातै घटेको अवस्था  छ ।  सबै कुराले गर्दा आन्तरिकऋण प्रत्येक बर्ष बढदै गएको अवस्थाले पनि सबैलाई चिन्तित बनाउनु स्वभाविक हो ।एक तफ मंहगो दरमा आन्तरिकऋणले सरकारको व्ययभार बढाएको छ ।सबै कुराले गर्दा वित्तिय व्यवस्थापन खर्च दिन दिनै बढदै गएको छ ।आउने बर्ष४ खरब बितिय व्यवस्थापन पुगने अनुमान  छ । राजश्वको दर साघुरिएको छ ,जसले गर्दा दायरा बढाउने काम पनि हचुवाको भरमा भइरहेको छ ।सरकार चाहे अनुसार राजश्व पनि उठेको छैन । सबै कुराले गर्दा चालु खर्च कसरी पुर्याउने  भने कुरामा सरकार आत्तिएको छ । अवैद्य कारोवार र अत्ति नियमनले गर्दा उधोगी व्यवसायी पनि आतिएका छन । लगानि बढाउने बाताबरण श्रृजना भएको छैन । 

स्थानिय सरकार लगानी मैत्री छैनन ।करोडौ खर्च गरेर स्थानिय सरकारका नेतृत्व गरिरहेका जनप्रतिनिधिलाई बैद्य र अबैद्य दबै करसंगै उपरिया पैया पनि चाहिएको अवस्था छ । स्थानिय सरकारले चिमोटने र संघीय सरकारले अति नियमन गर्ने निति अनुसार राजश्व प्रशासनले दुखदिने कामले गर्दा उधोग व्यवसायमा कसरी लगानी  गर्ने ?


यस्तो आर्थिक तरलताको अवस्थामा सरकारलाई तपाइहरुले अर्थात बीरगञ्ज उधोग वाणिज्य संघ आउने बजेटको लागी कस्तो खालको सुझाव दिएको छ ,अर्थ सचिवलाई  ?

हाम्रो कर्तव्य राज्यलाई मुलुकको उधोग व्यवसायीलाईलाई जोगाउन सरकारलाई वास्तविक्ता वुझाउनु पर्दछ । अति अनुगमन  छापाले मात्र राजश्व उठदैन भने कुरा राज्यले बुझाउनु पर्दछ । उधोग व्यवसायको साकारात्मक बातावरण सरकारले बनाउनु पर्दछ ।उधोगी व्यवसायीको मनोबल बच्च बनाउनको लागी सरकारको टालटुले आर्थिक  नितिले मुलुक  चल्दैन । सरकार निर्मम हुनु पर्दछ ।उधोगी र सरकार दुबैको समस्या उस्तै उस्तै छ ।सबै कुरा हामि सरकारलाई बुझाउनु लागी रहेका छौं ।

तपाईहरुले उठएको समस्या प्रति सरकारी निकाय तर्फबाट प्रतिक्रिया कस्तो छ ,अर्थमन्त्री वा अर्थसचिवको के भनाइ छ ?

सरकार मुलुकको आर्थिक अवस्था प्रति सम्बेदनशिलता केहि समय यता देखाएको छ । आर्थिक सुधारका पाँंचवटा अध्यादेश ल्याइएका छन ।जसको कार्यान्वयनको पर्खाइमा हामि छौ ।अर्को आर्थिक क्षेत्रमा देखिने राम्रो पहल भनेको उच्च स्तरिय आर्थिक सुधार आयोगको  गठन  पनि हो ।समितिका संयोजक रामेश्वर खनालको प्रतिवेदनलाई सरकारले सबैले हेर्ने गरी सार्वजनिक गरेको छ ।तर त्यको कार्यान्वयनको पहल कति भइरहेको छ,त्यसले आगामि दिशानिर्देश गर्ने छ ।

अब  पनि उधोग–ब्यापार प्रति सरकार सम्बेदनशिल नभए बर्तमान आर्थिक अवस्थाले मुलुक चल्दैन ।सरकारसंग अरु कुनै बिकल्प छैन । सरकारले हामीलाई ‘उधोग-व्यापर’ गर्न स्वतन्त्र बातावरण देओस,उधोग व्यापरको २०बर्र्षीय आर्थिक निति गरियोस । जुन सरकार आए पनि उधोग व्यापार निति अनुसार चलिरहन्छ । अबको अवश्यकता यस्तो छ ।

उधोगी व्यापारीले कर तिर्छन ,जनप्रतिनिधि खुलेर देश चलाउछन ,हामीलाई राजनितिसंग सरोकार छैन । गलति गर्नेलाई कारावहि गर,सहि गर्नेलाई सरकारले प्रोमोट गरोस । केहि समय यता सरकार उधोगी व्यापारीको कुरा सुनेको छ । यद्यपी जति सुन्नु पर्ने हो ,त्यति सुनेको छैन । तर सरकारको पुरै आलोचना गर्ने अवस्था अहिले छैन ।