शीर्षकहरू

पियोर इनर्जीको आईपीओ बाँडफाँड, १७ लाख २७ हजारकाे हात खाली

पियोर इनर्जीको आईपीओ बाँडफाँड, १७ लाख २७ हजारकाे हात खाली

काठमाडौं । पियोर इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिहीबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टकाे कार्यालयमा शेयर बाँडफाँड भएकाे हाे ।

जसअनुसार १ लाख १९ हजार ५ सय २० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । उक्त आईपीओमा १८ लाख ५४ हजार ४ सय ९७ जनाले आवेदन दिएकोमा १८ लाख ४६ हजार ६ सय ६४ जनाको आवेदन मात्र योग्य भएको थियो। अर्थात्, १७ लाख २७ हजार १४४ जनाकाे हात खाली भएकाे छ । 

कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो।कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुलाएको थियाे । 

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गरेकाे हाे ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।