शीर्षकहरू

बाह्य अर्थतन्त्र मजबुत रहेपनि वित्तीय प्रणालीका लागि पुँजी पर्याप्तता र बढ्दो निष्क्रिय कर्जा चुनौतीपूर्ण : राष्ट्र बैंक

बाह्य अर्थतन्त्र मजबुत रहेपनि वित्तीय प्रणालीका लागि पुँजी पर्याप्तता र बढ्दो निष्क्रिय कर्जा चुनौतीपूर्ण : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वित्तीय प्रणाली ठिकठाक अवस्थामा रहेपनि बढ्दो गम्भीर चुनौती देखा पर्न थालेको उल्लेख छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को फाइनान्सियल स्टाबिलिटी रिपोर्ट सार्वजनिक गर्दै वर्तमान अवस्थामा वित्तीय प्रणाली सुदृढ देखिए पनि पुँजी पर्याप्तता अनुपातमा क्रमिक गिरावट र बढ्दो निष्क्रिय कर्जा अनुपात चुनौतीपूर्ण बन्दै गएको बताएको हो ।

उक्त प्रतिवेदन अनुसार विशेषगरी बैंकहरूको पुँजी पर्याप्तता क्रमशः घट्दै गएको र निष्क्रिय कर्जा बढ्दै गएकोले चिन्ता बढेको राष्ट्र बैंकको निष्कर्ष छ ।  बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको कारणले निक्षेप र ऋणको ब्याजदरमा गिरावट आएको छ । तर, कर्जा वृद्धि भने अनुमानभन्दा न्यून छ । 

पछिल्लो तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा निष्क्रय कर्जा उल्लेख्य बढेको छ । यो चूनौतीका रुपमा रहेको राष्ट्र बैंकले जनाएको छ । सो रिपोर्टअनुसार २०८०/८१ मा बैंकहरूको निष्क्रिय कर्जा अनुपात ३.८६ प्रतिशत पुगेको थियो। तर, २०८१ सालको चैत मसान्तसम्म आइपुग्दा यो दर ५ प्रतिशत नाघिसकेको छ। निष्क्रिय कर्जामा यस्तो वृद्धि हुँदा बैंकहरूको मुनाफामा असर परेको छ ।

यस्तै, घरेलु तथ्यांकहरु सकारात्मक रहेपनि सुस्त कर्जा वृद्धि र वित्तीय कमजोर प्रदर्शनको संयोजनले पुनरुत्थानलाई निरन्तरता दिएको राष्ट्र बैंकको बुझाई छ । यता, विश्वभरि आर्थिक वृद्धि २०२४ मा ३.२ प्रतिशतको दरमा स्थिर देखिएको बेला नेपालले पनि पुनरुत्थानको संकेत देखाएको रिपोर्टमा उल्लेख छ । 

null

२०८०/८१ मा नेपालको अर्थतन्त्र ३.८७% ले वृद्धि भएको उल्लेख गरेको छ । सेवा क्षेत्र, कृषि र ऊर्जा उत्पादनको विकासबाट उक्त वृद्धि सम्भव भएको राष्ट्र बैंकको भनाई छ । अघिल्लो आर्थिक वर्षमा १.९५ प्रतिशत मात्रै आर्थिक वृद्धि भएको थियो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार उपभोक्ता मूल्य सूचकांकअनुसार ३.५७ प्रतिशत मुद्रास्फीति दर देखिएको छ । यो दर यद्यपि लक्ष्यभन्दा केही बढी हो, तर मुद्रास्फीति घट्ने क्रममा रहेको सकारात्मक संकेत दिइएको छ । विशेषतः गैर-खाद्य मुद्रास्फीति घट्दा समग्र मुद्रास्फीति नियन्त्रणमा देखिएको राष्ट्र बैंकले जनाएको छ ।  

फाइनान्सियल स्टाबिलिटी रिपोर्टमा उल्लेख भए अनुसार देशको बाह्य क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको छ । ‘आर्थिक वर्ष २०८०/८१ मा नेपालको उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५७ प्रतिशतमा कायम रह्यो, जुन लक्ष्यभन्दा अलि माथि भए पनि गिरावटको प्रवृत्तिमा देखिएको छ ।

गैर–खाद्य मुद्रास्फीति घट्दै गएकाले समग्र मुद्रास्फीति दरमा सुधार आएको छ प्रतिवेदनमा भनिएको छ, ‘विप्रेषण आप्रवाहमा १६.५ प्रतिशतको वृद्धि, सकारात्मक भुक्तानी सन्तुलन र वैदेशिक मुद्रा सञ्चितिको वृद्धिले नेपालको वाह्य क्षेत्र मजबुत भएको देखिएको छ । यी सबैले नेपालको बाह्य अर्थतन्त्रलाई मजबुत बनाएको छ, जुन आर्थिक स्थायित्वका लागि उत्साहजनक रहेको राष्ट्र बैंकले भनाई छ । 

राष्ट्र बैंकले अपनाएको लचिलो मौद्रिक नीतिका कारण वित्तीय प्रणालीमा तरलता कायम रहेको रिपोर्टमा उल्लेख छ । विस्तृत मुद्रा आपूर्ति १३ प्रतिशतले बढेको छ ।  निजी क्षेत्रको कर्जा ५.८ प्रतिशत तथा बैंक तथा वित्तीय संस्थाको जम्मा निक्षेप १३ प्रतिशतले बढेको छ ।

डिजिटल भुक्तानी प्रणालीमा पनि उल्लेखनीय वृद्धि भएको छ । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम कनेक्ट आइपीएस र पोनपे लगायतका डिजिटल प्लेटफर्महरू लोकप्रिय बन्दै गएका छन्। साथै, सबै स्थानीय तहमा बैंकको उपस्थिति सुदृढ भई वित्तीय पहुँच विस्तार भएको उल्लेख छ । तर, यति सबै सकारात्मक संकेतबीच पनि केही प्रणालीगत जोखिमहरू कायमै छन्। त्यसैले, वित्तीय स्थिरता कायम राख्न नियामक निकायहरू अझै शतर्क भएर काम गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ ।

null