शीर्षकहरू

तपाईँलाई कुनै ठाउँ जान भाडामा गाडी चाहियो ? सजिलो रेन्टल एपबाट यसरी गर्नुहोस् बूकिङ

काठमाडाैँ । हामीलाई कुन बेला अचानक कुन ठाउँमा जानुपर्ने हुन्छ थाहा हुँदैन । आज काठमाडाैँ भएको मानिस आज राती नै देशको पश्चिम भेग धनगढी जानुपर्ने हुन्छ वा पूर्वको झापा पुग्नुपर्ने हुन्छ, त्यसको यकिन हुँदैन । आकस्मिक कामले कुनै ठाउँमा जानु पर्ने अवस्थामा वा योजना बनाएर पारिवारिक तथा व्यावसायिक भ्रमण, तीर्थ यात्रा लगायत छोटो तथा लामो दूरीको यात्रामा जानुपर्ने अवस्थामा के मा जाने ? कसरी जाने भनेर हामीलाई धेरै सोच्नुपर्ने हुन्छ । यसरी सोच्नुपर्ने झंन्झटको उपचारको रुपमा आएको छ सजिलो रेन्टल ।  

यदि तपाई यात्रामा जानुपर्ने भयो भने सजिलो रेन्टलले तपाईँलाई रेन्टमा गाडी उपलब्ध गराउँछ । गाडी बूकिङ पनि वेबसाइट वा मोबाइल एप बाट नै गर्न सकिन्छ । तपाईँ देशको जुनसुकै स्थानमा भएपनि सजिलो रेन्टलले तपाईँ भएकै ठाउँमा गाडी पठाइदिन्छ, त्यो पनि तपाईँले चाहेकै गाडी । 

मानौँ, तपाईँ साथि-भाईँसँग घुम्नको लागि बिराटनगरबाट पोखरा जाने योजना बनाउनु भयो । घुम्न जाने तयारी भयो, अब तपाईँले सजिलो रेन्टल मोबाइल एपबाट बिराटनगरबाट पोखराका लागि गाडी भाडामा लिन सक्नुहुन्छ । 

यसरी अनलाइनबाटै गाडी भाडामा लिएर देशभरका जुनसुकै स्थानमा पनि सुरक्षित र आरामदायी यात्रा गर्नका साथै आफ्नो गाडी भाडामा दिन सकिने सजिलो रेन्टलका प्रमुख कार्यकारी अधिकृत तथा फाउन्डर दामोदर फुयाँल बताउँछन् ।  'यात्राको गन्तव्य स्थान र गाडी रेन्टमा लिने अवधिका आधारमा रेन्ट शुल्क निर्धारण हुन्छ.’ उनी भन्छन्, 'उक्त रेन्ट शुल्क पनि अनलाइनबाट नै भुक्तानी सकिन्छ ।’

null

गाडी भाडामा दिन र लिन सकिने नेपालकै पहिलो एप हाे 'सजिलो रेन्टल एप’ 

हेटौंडाका अर्जुन फुयाँल पेसाले आईटी इन्जिनियर हुन् । हाल अमेरिकाको एक प्रतिष्ठित आईटी कम्पनीमा कार्यरत उनले आफूले आर्जन गरेको ज्ञान स्वदेशमा प्रयोग गर्ने उद्देश्यका साथ आफ्ना भाइ दामोदर फुयाँलसँगको सहकार्यमा सजिलो रेन्टल कम्पनीको स्थापना भएको हो ।

सजिलो रेन्टल गाडी भाडामा लिन र दिन सहजीकरण गर्ने एप र परामर्शमा आधारित यातायात सेवा प्रदान गर्ने प्रविधिमैत्री कम्पनी हो । सजिलो रेन्टल ले आफ्ना डिजीटल प्लेटफर्महरु, वेवसाइट र मोबाईल एप मार्फत सेवा प्रदान गर्दछ । 

सजिलो रेन्टलले नेपालको जुनसुकै स्थानमा यात्रा गर्नुपरेमा सहि अवस्थामा रहेका गाडीहरु र दक्ष तथा अनुभवी चालकहरु द्वारा सेवा प्रदान गर्दछ । यस प्लेटफर्ममा विभिन्न प्रकारका कार, जीप, माइक्रो बस, बस लगायतका लक्जरी गाडीहरु विवाह, ब्रतबन्ध, पारिवारिक तथा व्यावसायिक भ्रमण, तीर्थ यात्रा लगायत छोटो तथा लामो दूरीको यात्राका लागी उपलब्ध छन् । 

सीईओ फुयाँलका अनुसार देशको ७७ वटै जिल्लाको कुनै पनि एक स्थानबाट अर्काे स्थानमा जानका लागि सजिलो रेन्टल एपबाट गाडी भाडामा लिन सकिन्छ । विशेष गरी सात प्रदेशको मुख्य शहरहरुबाट सजिलो रेन्टलबाट गाडी भाडामा लिन सकिन्छ । कोशी प्रदेशको बिराटनगर, धरान र इटहरीबाट, मधेश प्रदेशको जनकपुर र बिरगंजबाट साथै बागमती प्रदेशको काठमाडौं, चितवन बाट गाडी भाडामा लिन सकिन्छ । 

त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको नेपालगंज, सुदूरपश्चिम प्रदेशको धनगढीबाट सजिलो रेन्टलको सुविधा लिन सकिन्छ । निकट भविष्यमै सजिलो रेन्टलले सातै प्रदेशमा आफ्ना शाखा कार्यालयहरू स्थापना गरी सेवालाई अझ बिस्तार गर्ने साथै सेवाग्राहिले आफै गाडी चलाउने सेवाको सुरुवाका लागि पनि गृहकार्य गरिरहेको छ । सजिलो रेन्टल सेवाग्राहिको सुरक्षित यात्राका सन्दर्भमा अत्यन्तै संवेदनशील रहेकोले बीमा, प्राविधिक रुपमा सहि अवस्थामा रहेका गाडीहरू साथै दक्ष तथा अनुभवी चालकद्ववारा सेवा प्रदान गरिरहेको छ ।

सजिलो रेन्टल एपबाट गाडी कसरी बूकिङ गर्न सकिन्छ ?

गाडी बूकिङ गर्न सजिलो छ । सुरुमा सजिलो रेन्टल एप डाउनलोड गर्नु पर्दछ ।  त्यसपछि लगईन गरेर आफ्नो यात्रा सुरुगर्ने स्थान छनौट गरी सजिलो रेन्टल एपमा उपलब्ध गाडीहरू मध्ये आफ्नो आवश्यकता अनुसारको गाडी छनौट गर्ने । त्यसपछि यात्राको मिति, समय, स्थान र आफ्नो विवरण भरी ‘बुक नाउ’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

null

सजिलो रेन्टल मार्फत गाडी भाडामा लगाएर यसरी गर्न सकिन्छ आम्दानी 

सजिलो रेन्टल एपबाट गाडी धनीले आफ्नो गाडी भाडामा लगाउँनका लागि दर्ता गराएका हुन्छन् । र गाडी धनीले आफ्नो गाडी भाडामा लागे अनुसार आम्दानी गर्दछन् । 

सजिलो रेन्टलमा गाडी दर्ता (होस्ट) गर्नका लागि सजिलो रेन्टल एप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि लगईन गरेर होस्ट बटममा गई गाडीधनी र गाडीको विवरण उल्लेख गरी बिल बुक, र अन्य कागजातहरू अपलोड गर्नुपर्ने हुन्छ । यसरी सम्मिट गरेपछि आफ्नो गाडी सजिलो रेन्टल एपमा दर्ता हुन्छ । दर्ता भएका गडीहरु उपभोक्ता ले सजिलो रेन्टल एपबाट बुक गरकोे अवस्थामा सो वापत गाडी धनीले भुक्तानी पाउँछन् । 

null

सजिलो रेन्टल कसका लागि उपयोगी ?

 सजिलो रेन्टलको सेवा विशेषगरी आन्तरिक वा वाह्य पर्यटकका लागि उपयुक्त हुने सीईओ फुयाँल बताउँछन् । विदेशबाट नेपाल घुम्न आएको कुनै पर्यटकलाई नेपालका जुनसुकै स्थानहरु घुम्नु पर्ने अवस्थामा रेन्टल एप मार्फत गाडी भाडामा लिएर घुम्न सक्ने उदाहरण उनी बताउँछन् । यसैगरी, नेपालको भौगोलिक सुन्दरतालाई अवलोकन गर्दै नेपालको जुनसुकै स्थानमा भ्रमण गर्न आफ्नै मोबाइल बाटै गाडी बूकिङ गर्न सकिन्छ । सजिलो रेन्टलको सेवा विभिन्न प्रयोजनले यात्रा गर्ने यात्री एवं गाडी भाडामा लगाई अतिरिक्त आम्दानी गर्न चाहाने जो कोहीलाई  उपयोगी छ । 

कारपुलिङको पनि व्यवस्था

कारपुलिङ यात्रा साझेदारी गर्ने प्रक्रिया हो । कुनैपनी गन्तव्यमा जाने सवारी साधनको सिट आंशिक वा पूर्णरुपमा खाली हुने भएमा सोही गन्तव्यमा पुग्नुपर्ने अन्य यात्रीले खाली हुने सिटमा यात्रा साझेदारी गर्न सक्नेछन् । सवारी साधन धनीले सजिलो रेन्टल एपको माध्यमद्वारा यात्रा साझेदारीको लागी आवहान गर्न सकिन्छ । जसका लागि सजिलो रेन्टल एपको कारपुल अप्सनको क्रिएट अप्सनमा गइ साझेदारीको लागी सुचाना प्रवाह गर्न सकिन्छ ।

यात्रा साझेदारी गर्न चाहाने यात्रीले सजिलो रेन्टल एपको कारपुल अप्सनमा रहेका सुचाना मध्येबाट विवरण हेरी गन्तव्य समान भएका गाडीलाई सिधै सम्पर्क गर्न सकिन्छ । यो विधिले यात्राको लागी आर्थिक रुपमा सहुलियत हुन्छ ।

null

सजिलो रेन्टलका विशेषताहरुः 

१) नेपालकै पहिलो vehicle rental App सजिलो रेन्टल एपबाट सेवा लिन र  दिन सकिने । 
२) जुनसुकै स्थानबाट गाडी भाडामा लगाउन र गाडी बुक गर्न सकिने । 
३) आफूले चाहे अनुसारको गाडी उचित शुल्कमा प्रयोग गर्न सकिने । 
४) सही कन्डिसनका गाडीहरु दक्ष चालक हरुका साथमा उपलब्ध गराईने । 
५) अनलाइन प्रविधिवाट पारदर्शी रुपमा भुक्तानी गर्न सकिने । 
६) यात्राको दौरानमा गाडीमा खराबी आएमा तुरुन्तै गाडी रिप्लेस गरीने । 
७) गुणस्तरीय तथा सेवाग्राही मैत्री सेवा प्रधान गरीने । 
८) App store Play store बाट sajilo rental App डाउनलोड    गर्न सकिने ।