शीर्षकहरू

ईभीमा कर बढ्ने हल्ला चलिरहेकै बेला दिपलले ल्यायो प्रि-बजेट अफर

ईभीमा कर बढ्ने हल्ला चलिरहेकै बेला दिपलले ल्यायो प्रि-बजेट अफर

काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले छुटाउनै नमिल्ने प्रि–बजेट स्किमको घोषणा गरेको छ । कम्पनीले बजेट आउनुभन्दा पहिला यो अफर सार्वजनिक गरेको हो । 

‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । साथै, आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्सी र कम्प्रिहेन्सिभ अटो प्लस बीमा पनि पाउन सकिन्छ ।

नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको छ । साथै, वैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउने कम्पनीले जनाएको छ । बजारमा विद्युतीय सवारीसाधनमा कर बढ्ने हल्ला फैलिरहेको बेला कम्पनीले यो अफर ल्याएको हो । 

हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल छन् । यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ । साथै, ग्राहकको सहजता तथा इभी इकोसिस्टमलाई मलजल गर्न एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिंग स्टेसन संचालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो चार्जिंग सञ्जाल हो ।