शीर्षकहरू

सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले हाल कायम पुँजीको १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

बैशाख ५ गते बुकक्लोज भएको छ भने बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरमा भाग लिन पाउने छन् । इन्स्योरेन्सको हकप्रद शेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।