काठमाडौं । दोर्दी खोला जलविद्युतले हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको छ । कम्पनीले गत चैत १९ गतेदेखि बैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिन छुट भएका शेयरधनीहरुका लागि समय थप गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।
सोही निष्कासनमा हकप्रद शेयरमा आवेदन दिन छुटेका, गत फागुन १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुलाई आवेदन दिने अन्तिम मौका दिएको हो। कम्पनीको हकप्रद शेयरमा बैशाख बैशाख १४ गते आइतबारसम्म आवेदन दिन सकिनेछ।