शीर्षकहरू

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता, कुवेतमा रहेका नेपालीलाई सहज हुने

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता, कुवेतमा रहेका नेपालीलाई सहज हुने

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ ।  बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

बैंकले वैशाख ११ गते विहिबारका दिन कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत पनि सार्वजनीक गरिएको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेकोे उक्त कभर गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण÷प्रकाशन गर्ने जनाएको छ । । 

माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेकानेपालीहरुले कुवेत स्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग  बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ । 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

null