शीर्षकहरू

छ्याङ्दी हाइड्रोपावरले धितोपत्र बोर्डबाट पायो शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति

छ्याङ्दी हाइड्रोपावरले धितोपत्र बोर्डबाट पायो शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ। बोर्डले वैशाख १२ गते छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो। अब कम्पनी हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको हकप्रद शेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता साधारण शेयर जारी गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।