काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ ।
शुक्रवार मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने बिषयमा द्धिपक्षीय छलफल भएको हो । उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएको हुँदा द्धिपक्षीय श्रम सम्झौताका लागि प्रकृया अगाडि बढाउन चाहेको मिसन उप्रमुख मेसिनोभिकले प्रस्ताव अगाडि सारेका थिए ।
छलफलमा मन्त्री भण्डारीले पच्छिलो समय युरोपका विभिन्न देशहरुसँग नेपाली श्रमिकहरुका लागि कामदार लैजाने सम्बन्धमा द्धिपक्षीय श्रम सम्झौता तथा गृहकार्यहरु अगाडि बढी रहेको बताउँदै बोस्निया पनि नेपाली कामदारको लागि नयाँ श्रम गन्तव्यको रुपमा नेपाल सरकार श्रम सम्झौता गर्न तत्पर रहेको बताउँदै द्धिपक्षीय सम्झौताका लागि प्रकृया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।