शीर्षकहरू

गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

काठमाडौँ । पूर्वमन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा विरुद्ध आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमान उप्रेतीले अवहेलना मुद्दा दायर गरेका हुन् ।
 
महामन्त्री थापाले ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए । उनले आयोगका पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा पनि मुद्दाको टुंगो नलगाइ डिल गरेको आरोप लगाएका थिए ।

'आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ रु दुई/तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ,  त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ ।’ उनले भनेका थिए । 

उक्त निवेदन उपर मंगलबार पेसी तोकिएको छ।