शीर्षकहरू

पछिल्ला दुई कारोबार दिन सामान्य बढेको नेप्से फेरि घट्यो

पछिल्ला दुई कारोबार दिन सामान्य बढेको नेप्से फेरि घट्यो

काठमाडौं । पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेको नेप्से सूचक सोमबार पुनस् ओरालो लागेको छ ।  सोमबार नेप्से परिसूचक १४.५३ अंक घटेर २६४७.०७ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा समेत गिरावट आएको छ ।

आइतबार १० अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार रूपैयाँबराबरको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेकोे छ । 

सोमबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । जसको ७० करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।