शीर्षकहरू

सेवा क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै चीन : विश्व नेतृत्वको तयारी

सेवा क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै चीन : विश्व नेतृत्वको तयारी

काठमाडौं । चीनले आफ्नो सेवा क्षेत्रका विभिन्न उद्योगहरूमा रोबोटहरूको प्रयोग तीव्र गतिमा विस्तार गर्दै श्रमिक अभावको समस्या समाधान गर्ने दिशामा महत्वपूर्ण प्रगति गरेको छ। पछिल्ला घटनाक्रमहरूले यस तथ्यलाई  उजागर गरेको पाइन्छ।

सन् २०२५ को पहिलो दुई महिनामा  उत्तरी छिमेकी मुलुकमा   सेवा प्रयोजनका रोबोटहरूको उत्पादनमा ३५.७ प्रतिशतको वृद्धि  भई  १५ लाख इकाई पुगेको थियो । यी रोबोटहरू "डेलिभरी" र सफाइ जस्ता कार्यहरूमा प्रयोग गरिन्छ।  उल्लेखित  अवधिमा औद्योगिक रोबोटहरूको उत्पादनमा  तुलनात्मक रुपले कम अर्थात  २७ प्रतिशतको वृद्धि  रेकर्ड गरिएको थियो। 

चिनियाँ सरकारले आगामी २० वर्षमा रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई), र उच्च प्रविधि उद्योगहरूमा १ ट्रिलियन युआन (लगभग १३८ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना सार्वजनिक गरेको छ। यस पहलको उद्देश्य चीनको प्रविधी क्षमतालाई मजबुत बनाउने र विदेशी कम्पोनेन्टहरूको निर्भरता घटाउने हो।

स्वास्थ्य सेवा, वृद्ध सेवा, र आतिथ्य क्षेत्रमा मानवजस्तै (ह्युमनाइड) रोबोटहरूको प्रयोग तीव्र गतिमा बढिरहेको छ। यी रोबोटहरूले बिरामीको हेरचाह, सफाइ कार्य, र भोजन सेवा जस्ता कार्यहरूमा सहयोग पुर्याउँदै श्रमिक अभावको समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसरी, यी रोबोटहरू सेवाका स्तरलाई सुधार्न र कार्यस्थलमा श्रमिक अभावलाई कम गर्न मद्दत पुर्याइरहेका छन्।

चीनका केही  प्रमुख कम्पनीहरू सेवा रोबोटहरूको विकासमा अग्रणी रहेका छ।  उदाहरणको लागि  युनिट्री रोबोटिक्सलाइ लिन सकिन्छ। 

चौपाया र मानवजस्तै रोबोटहरूको निर्माणमा ख्यातिप्राप्त यस कम्पनीले  एच१ र जी१ जस्ता उन्नत मोडेलहरू प्रस्तुत गरेको छ, जुन   विभिन्न सेवा सम्बन्धित कार्यहरूमा प्रयोग गर्न सकिन्छ।  यसैगरी , इन्जिनएआईले  एसई०१ जस्ता मानवजस्तै रोबोटहरू विकास गरेको छ।  यिनीहरु   जटिल भन्दा जटिल  कार्य कुशलतापूर्वक ढंगले गर्दछन।    

पुडु रोबोटिक्स एक अर्को प्रमुख कम्पनी हो जसले व्यापारिक सेवासँग सम्बन्धित  रोबोटहरूको उत्पादनमा   विशेष दक्षता  राख्दछ।  यसले खाद्य वितरण र ग्राहक सेवा जस्ता कार्यहरूमा निरन्तर नवप्रवर्तन  गर्दै ठूलो बजार हिस्सा ओगटेको छ।

चीनको वृद्ध जनसंख्याको समस्या र श्रमिक अभावलाई समाधान गर्न सेवा रोबोटहरूको प्रयोग बढाइएको छ, विशेष गरी वृद्ध सेवा क्षेत्रहरूमा। यी रोबोटहरूले दैनिक गतिविधिहरूमा सहयोग पुर्याउने कार्य गर्छन्, जसले मानव सेवाकर्मीको अभाव भएका क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान गरेको छ।  यसबाट चीनको  जनसांख्यिक चुनौतीलाई पार गर्न  केही  हदसम्म मद्दत पुगेको छ।     
चीनले विभिन्न क्षेत्रहरुमा  सेवा सम्बन्धित रोबोटको परिचालनको लागि नवीन प्रविधिमा निरन्तर रणनीतिक लगानी गरिरहेको छ ।   यसका आधारमा यो मुलुक भविष्यमा  रोबोटिक्स उद्योगमा एक प्रमुख शक्ति बन्ने अपेक्षा गरिएको छ।  
(श्रोत : विभिन्न अन्तरराष्ट्रिय समाचार संस्था)