शीर्षकहरू

नेप्सेमा १५ अंकको गिरावट, १८८ कम्पनीको शेयर मूल्य घट्यो

नेप्सेमा १५ अंकको गिरावट, १८८ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं ।  मंगलबारको शेयर बजार पनि घटेर बन्द भएको छ । सोमबार १४ अंक बढीले घटेको नेप्से मंगलबार १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।

सोमबार ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएकोमा ७ अर्ब ५७ करोड ५२ लाख शेयर खरिदबिक्री भएको छ । मंगलबारको कारोबारमा ५७ कम्पनीको शेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । 

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२२ प्रतिशत घटेको छ। घटेका अरू उपसमूहको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ । 

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । जसको ८२ करोड ४३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

null