काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । आज वैशाख १६ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो ।
कम्पनीले कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा २०८० मङ्सिर १९ गते निवेदन दिएको थियो । निवेदन दिएको १७ महिनापछि कम्पनीले अनुमति पाएको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरिसकेको छ। सो कम्पनीले गोर्खाको धार्चे गाउँपालिकामा ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त कम्पनीले सञ्चालन गरेको हाइड्रोमा गैरआवासीय नेपालीहरूको समेत लगानी रहेको छ ।