शीर्षकहरू

सुन खरिदकाे सिफारिस शुल्क लिन नपाउने व्यवस्थाकाे पालना गर्न राष्ट्र बैंककाे निर्देशन

सुन खरिदकाे सिफारिस शुल्क लिन नपाउने व्यवस्थाकाे पालना गर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन खरिद गर्दा सिफारिस शुल्क लिन नपाउने व्यवस्थालाई पालना गर्न संघ तथा महासंघ र व्यवसायीहरूलाई निर्देशन दिएको छ । सुन व्यवसायीहरूले वाणिज्य बैंकबाट सुन खरिद गर्नका लागि संघ तथा महासंघले सिफारिस शुल्क लिन नपाउने व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको हो । 

राष्ट्र बैंकका अनुसार सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा सुन खरिदका लागि सिफारिस दिइँदा शुल्क लिन नपाउने व्यवस्था उल्लेख गरिएको छ । यस्तो व्यवस्था रहेको अवस्थामा पनि संघ तथा महासंघहरूले व्यवसायीहरूबाट सिफारिस शुल्क लिइँदै आएका थिए । यसरी शुल्क लिएको गुनासो राष्ट्र बैंकमा आएपछि त्यसका व्यवस्थालाई कडाइका साथ पालना गर्न राष्ट्र बैंक लागेको हो । 

सोही अनुसार राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै संघ तथा महासंघ र व्यवसायीलाई उक्त कार्यविधिमा भएको व्यवस्थालाई पालना गर्न भनेको हो । 

‘सुन आयात तथा बिक्री वितरण सम्बन्धमा “सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८” विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघरमहासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघरमहासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नुरगराउनु हुन विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ’ राष्ट्र बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ ।