शीर्षकहरू

अर्थतन्त्र ४.६१ प्रतिशतले बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान

अर्थतन्त्र ४.६१ प्रतिशतले बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै कार्यालयले देशको अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा ४.६१ प्रतिशतले बढ्ने अनुमान गरिएको जनाएको छ । 

गत आर्थिक वर्षमा ३.६७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो भने त्यसअघिको वर्षको आर्थिकवृद्धि १.९८ प्रतिशत मात्र थियो । पछिल्लो तीन आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धि निरन्तर बढ्दै गएको तथ्यांक विभागले जनाएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । यद्दपि, केन्द्रीय तथ्यांक कार्यालयको अनुमान भने लक्ष्य भन्दा निकै कम देखिएको छ ।

यस वर्ष देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ माथि पुग्ने अनुमान पनि रहेको छ । गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ४ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको थियो। त्यस्तै आधारभूत मूल्यमा ५३ खर्ब ७९ अर्ब रहने अनुमान सावृजनिक गरिएको छ । 

नेपालको आन्तरिक अर्थतन्त्रका विभिन्न १८ वटा क्षेत्रहरुको मूल्य अभिवृद्धिलाई समावेश गरेर राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक प्रकाशन गर्दै आएको छ ।

null