शीर्षकहरू

नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी १५१७ अमेरिकी डलर पुग्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय वार्षिक एक हजार ५१७ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखाले यस्तो अनुमानले गरेको हो । 

गत आवमा २०८०/८१ मा प्रतिव्यक्ति आय एक हजार ४६७ अमेरिकी डलर रहेको संशोधित अनुमान छ । आव २०७९/८० मा एक हजार ४१० रहेको अनुमान छ । 

त्यस्तै कार्यालयले प्रतिव्यक्ति कुल राष्ट्रिय खर्च योग्य आय एक हजार ९४० अमेरिकी डलर हुने अनुमान गरिएको छ । आव २०८०/८१ मा एक हजार ८६४ रहेको संशोधित अनुमान सार्वजनिक गरेको छ ।