काठमाडौं । प्रभु महालक्ष्मी विकास बैंकले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न शेयरधनीको नाममा रहेको उक्त कित्ता बिक्री गर्न लागेको हो ।
कम्पनीका अनुसार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नाममा रहेको ५ लाख ५० हजार कित्ता, विनिता उपाध्यायको नाममा रहेको १ लाख १० हजार र माधव प्रसाद पन्थीको नाममा रहेको ७८ हजार ५०० कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्रै बिक्री गरिने कम्पनीले जनाएको छ । इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । आवेदन दिइदा खरिद गर्न चाहेको कित्ता उल्लेख गर्नुपर्ने छ ।
यदि ३५ दिनसम्म पनि विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सो शेयर बिक्री गर्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।