शीर्षकहरू

करिब १०० प्रतिशतले बढ्यो सीवाईसी लघुवित्तको खुद नाफा, यस्ता छन् अन्य सूचक

करिब १०० प्रतिशतले बढ्यो सीवाईसी लघुवित्तको खुद नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफ ९९.४६ प्रतिशतले वृद्धि भएको छ । चालु आवको चैतमहिनासम्म गत आवको सोही अवधिको तुलनामा संस्थाको खुद नाफा ९९.४६ प्रतिशतले वृद्धि भएको हो । 

चालु आवको ९ महिनामा संस्थाले ५ करोड ५९ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा २ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको ब्याज आम्दानी वृद्धि हुँदा ब्याज खर्च भने घटेको छ । जसले गर्दा खुद ब्याज आम्दानी बढ्न पुगेको छ । यसैगरी खुद शुल्क तथा कमिशन खर्च पनि घटेको छ भने यस शिर्षकको आम्दानी बढेको छ । यसैगरी खुद सञ्चालन आम्दानी पनि वृद्धि हुँदा समग्रह नाफा नै वृद्धि भएको हो । 

आम्दानी र नाफा वृद्धि गरे पनि कर्जा रिकभरीमा भने संस्था सुस्त देखिएको छ । संस्थाकाे खराब कर्जा बढेर ८.४९ प्रतिशत पुगेको छ । गत आवको चैतसम्म ४.७४ प्रतिशत रहेको थियो । 

कम्पनीको वितरण योग्य मुनाफा ४ करोड ३२ लाख रुपैयाँ रहेको छ । प्रति शेयर आम्दानी २७.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.९९ गुणा, प्रति शेयर नेटवर्थ २६८.५८ रुपैयाँ रहेको छ ।