शीर्षकहरू

एकैदिन ४६ सयले घट्यो सुनको भाउ

एकैदिन ४६ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज बिहिबार सुनको भाउ ह्वात्तै घटेको छ । यस दिन तोलाको ४ हजार ६ सय रुपैयाँले घटेर सुनको मूल्य १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

हिजो बुधबार तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँ थियो 

आज चाँदीको मूल्य ५० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय १५ रुपैयाँमा झरेको छ ।