शीर्षकहरू

अर्थतन्त्रका सबै क्षेत्र सुधार हुने, सबैभन्दा धेरै वृद्धि विद्युत र ग्यास क्षेत्रमा

अर्थतन्त्रका सबै क्षेत्र सुधार हुने, सबैभन्दा धेरै वृद्धि विद्युत र ग्यास क्षेत्रमा

चालु आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्याँस क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार चालु आवमा विद्युत तथा ग्यास क्षेत्रमा १३.८२ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । 

यस क्षेत्रलाई यातायात तथा भण्डार क्षेत्रले पछ्याएर ९.४५ प्रतिशतको वृद्धि सहित दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रको रूपमा रहने अनुमान गरिएको छ । यसैगरी शिक्षा क्षेत्रमा १.९८ प्रतिशत र खानी तथा उत्खनन् क्षेत्रको वृद्धि १.९९४ रहने अनुमान गरिएका छ । तुलनात्मक रूपमा खानी उत्खनन् र शिक्षाको क्षेत्रको वृद्धि कम हुने अनुमान गरिएको छ । 

मानव स्वास्थ्य क्षेत्रको ४.७७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ भने सार्वजनिक प्रशासन तथ सुरक्षाको २.२४ प्रतिशत रहने अनुमान छ । पेशागत, वैज्ञानिक तथा प्राविधिक क्षेत्रको ३.९८, घर, जग्गा कारोबार २.७२, वित्तीय तथा बीमाको ६.२९, सूचना तथा सञ्चारको ४.८१, आवास तथा भोजन सेवा क्षेत्रको ५ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रको ३.३०, निर्माणको २.२१, उद्योगको ३.७८ र कृषिको ३.२८ प्रतिशत वृद्धिदर रहने तथ्यांक कार्यालयको प्रारम्भिक अनुमान रहेको छ । 

त्यसैगरी, कुल गार्हस्थ उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्‍य क्षेत्रको सबैभन्दा धेरै २५.१६ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । धेरै योगदान हुने दोस्रोमा व्यापार क्षेत्र परेको छ । व्यापार क्षेत्रको चालु आवमा जिडीपीमा १४.५५ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । अर्कातर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन ०.४२ प्रतिशत र खानी तथा उत्खनन् ०.४६४ को तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहने अनुमान गरिएको छ । 

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा धान, तेलहन, दलहन र तरकारी वाली तथा पशुपन्छी जन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु) हरुको उत्पादनमा वृद्धि हुने अनुमान रहेका कारण यस क्षेत्रको वृद्धि हुने अनुमान गरिएको छ । तर फलफूल तथा अन्य केही हिउँदे वालीको उत्पादनमा नगण्य मात्राको वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसक्ने अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा यस क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत कायम भएको छ ।

चालु आर्थिक वर्षमा यस क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ०.४६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १.९९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा धनात्मक वृद्धि र खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी संकलनमा गत आर्थिक वर्षको तुलनामा सामान्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिमा पनि सामान्य सुधार हुने अनुमान रहेको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ३.२३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ मा विद्युत तथा ग्याँस क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १.७३ प्रतिशत योगदान रहने अनुमान छ । यस क्षेत्रमा पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादनको क्षमता वृद्धिका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १०.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । 

यसैगरी चालु आवमा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ उत्पादनमा ०.४२ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । निर्माण क्षेत्रको कुल गार्हस्थ उत्पादनमा ५.२४ प्रतिशत योगदान रहने अनुमान छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएको यस क्षेत्र चालु आर्थिक वर्षमा निर्माण सामग्रीको आयात र निर्माण जन्य औद्योगिक वस्तुहरूको उत्पादनमा भएको वृद्धिले सुधारोन्मुख भएको देखिएको तथ्यांक कार्यालयले जनाएको छ । 

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १४.५५ प्रतिशत योगदान रहने अनुमान छ । आवास तथा भोजन सेवा क्षेत्रको कुल गार्हस्थ उत्पादनमा २.४६ प्रतिशत योगदान रहने अनुमान छ । 

null