शीर्षकहरू

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२ र ८३ को नीति तथा कार्यक्रम आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

सङ्घीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी पुरा गरिसकेको जनाएको छ । सचिवालयका अनुसार संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ ।

संयुक्त बैठकपछि दुवै सदनका छुट्टा-छुट्टै बैठक बसेर राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने र राष्ट्रपतिको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको उनले जनाएका छन्।