शीर्षकहरू

मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित

मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित

दमौली । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वास-प्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन् । 

केन्द्रको आयोजना तथा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा 
निःशुल्क इसिजी सेवा, भिडियो एक्सरे सेवा, मधुमेह परीक्षण गरिएको थियो ।

 हृदयरोग केन्द्रका ११ जनाको स्वास्थ्यकर्मी टोलीलाई जिपी कोइराला श्वास-प्रश्वास उपचार केन्द्रका चिकित्सकले सघाएका थिए । जटिल समस्या भएका बिरामीलाई थप उपचारका निम्ति  हृदय केन्द्रमा जान सुझाव दिइएको थियो ।