शीर्षकहरू

नेको इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा

नेको इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड २९औँ वार्षिक साधारण सभा बोलाएको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो।

कम्पनीका अनुसार ९ गते शुक्रबार, लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सभा हुनेछ । सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ। यसका साथै सभाले अनुबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने पनि जानकारी दिएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। अर्थात् वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।