शीर्षकहरू

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरे पश्चात् उक्त लाभांश लगानीकर्तालाई वितरण गर्ने जनाइएको छ ।